चितवनमा अटो रिक्सा दुर्घटना हुँदा आमाको मृत्यु, छोरा गम्भीर

भरतपुर । चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । 

नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधवार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको हो भने अन्य दुई घाइते भएको हो । 

दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । 

अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् । गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौं सिफारिश गरिएको छ ।

अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?