काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषय प्रधामन्त्री गम्भिर रहेको मिस नेपाल वल्र्ड श्रृखला खतिवडाले बताएकी छन् ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी श्रृखलाले भेटमा प्रधामन्त्रीले आफुलाई निर्मलाको मुद्दा छिट्टै किनारा लगाउने आश्वसन दिएको बताएकी हुन् ।
भेटको सेल्फी सहित केही तस्बिर इन्ष्टाग्राममा सार्वजनिक गर्दै उनले प्रधामन्त्री ओलीसँग केही महत्वपुर्ण विषयमा समेत छलफल भएको जनाएकी छन् ।
‘प्रधामन्त्रीले निर्मलाको मुद्दामा गहिरो चासो राख्नु भएको रहेछ’ उनले अगाडि लेखेकी छन् ‘मुद्दाको किनारा लगाउन सक्दो प्रयास गरिरहेको जानकारी समेत दिनुभयो ।’
भेटमा आफुले प्रधानमन्त्री ओलीलाई पर्यटन बर्ष २०२० को सफलताकोलागि केही योजना समेत सुनाएको जनाएकी छन् ।
श्रृखला चिनमा आयोजित मिस वल्र्डमा सहभागी भएर केही पहिले मात्र स्वदेश फर्किएकी हुन् । उक्त प्रतियोगीतामा आफुलाई उत्कृष्ट १२ भित्र पार्दै २ महत्वपूर्ण अवार्ड समेत नेपाल भित्र्याएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया