निर्मलाको ‘भेजीनल स्वाव’ माथि प्रश्न : निर्मला पन्तकी आमाको डिएनए ‘टेस्ट’ हुँदै

काठमाडौं । निर्मला पन्तकी आमा दुर्गा देवीले डिएनए परिक्षणका लागि आफ्नो रगत दिएकी छिन् । 

निर्मलाको शवबाट निकालिएको भनिएको ‘भेजीनल स्वाव’ माथि प्रश्न उठेपछि वैधानिकता जाँच्नका लागि उनकी आमाले नमुना रगत दिएकी हुन् ।

पन्तकी आमा दुर्गा देवीले बुधवार दिउँसो महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको स्याम्पल दिएकी हुन् । 

कञ्चनपुरकी बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको हो । 

उनको बलात्कारपछि हत्या भएको साढे पाँच महिना वितिसक्दा पनि अपराधी अहिलेसम्म पत्ता लागेको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?