काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिकमाथि निगरानी बढाउने भएको छ ।
विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि अध्यागमन विभागले उनीहरुको नेपाल बसाईमाथि कडा निगरानी राख्ने योजना अघि सारेको हो ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागमा महानिर्देशक ईश्वरराज पौडेलले विदेशी नागरिहरुका अबाञ्छित गतिविधि नियन्त्रण गर्न उनीहरु बस्ने होटलमा समेत कडा निगरानी राख्न लागिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया