दाङमा गोरु तस्करको विगविगी

तुलसीपुर । गोरु हालेको ट्रक सहित पक्राउ परेका तस्करलाई तुलसीपुर प्रहरीले छोडेको छ ।

तुलसीपुर उपमहागनरपालिका–८ अश्वारामा सोमबार विहान २ बजे तस्करले ट्रकमा गोरु लोड गर्दै गरेको थाहा पाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । तस्कर सहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले आर्थिक प्रभावमा परेर बिच बाटोबाटै छोडेको हुन सक्ने स्थानीयबासीले आरोप लगाएका छन् ।

 वडाको भण्डारी टोलमा लु१ख९५७५ नम्बरको मिनि ट्रकमा अबैधमा रुपमा गोरु लोड गर्दैगर्दा प्रहरीले राप्ती गाउँपालिका ६ निबासी नासिम खान र इफ्रान खानलाई गोरु र ट्रक सहित नियन्त्रणमा लिएको थियो । ‘नियन्त्रणमा लिएकालाई सोधपुछ गर्नेक्रममा बिजौरी प्रहरीले पक्राउ गरेर जहाँबाट गोरु ल्याएको हो, त्यहि लगेर छोड भनेछ,’ नियन्त्रणमा लिएकालाई उदृत गर्दै अस्थाई प्रहरी चौंकी बेलुवाका प्रहरी साहयक निरीक्षक भिमबहादुर रावतले भने– ‘त्यसपछि छोडिदियौं ।’ ट्रकमा लोड गर्दै गरेका आठ वटा गोरु मध्य चारवटा गोरु लोड गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी साहयक निरीक्षक रावतले घटनाका विषयमा सबै ठाउँ जाहेरी भएको र माथिबाट आएको आदेश अनुसार छोडिएको बताएका छन् । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जहाँबाट लिएको हो, त्यहि लगेर छोड्ने भन्ने कुरा अनुसार छोडिएको बताए । कसको आदेशमा गोरु राखेको ट्रक सहति तस्करलाई छोडिएको हो ? भन्ने प्रश्नमा प्रनाउ शाहीले कुनै प्रतिकृया दिएनन् । ‘गोरु राखेको ट्रक सहित केहि मान्छेलाई अश्वाराबाट नियन्त्रणमा लिइएको थियो,’ प्रनाउ शाहीले भने– ‘जहाँबाट लिएको हो, त्यहि लगेर छोड्ने भनेपछि छाडियो ।’ बेलुवा प्रहरी चौंकी प्रनाउ शाहीको मातहत पर्दछ । 

तस्करलाई छोडेको भन्दै स्थानीय आक्रोशित स्थानीयबासीले तस्करलाई प्रहरीले छोडेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रहरीले गलत काम गर्नेलाई कारबाही गर्ला भनेर खबर गरियो,’ एक स्थानीयबासीले नाम नबताउने सर्तमा भने–‘आर्थिक मिलोमतो गरेर छोडिएपछि अब हाम्रो सुरक्षा कस्ले गर्छ ।’ अपराधीसंग प्रहरीको साठगाँठ हुदा समाजमा हुने अपराधिक गतिविधिको सूचना प्रहरीलाई अब कस्ले दिन्छ ? स्थानीयबासीले प्रतिप्रश्न गरे । प्रहरीले ट्रक सहित तस्करलाई छोडेपछि सोमबार विहान त्रहरी आउँदा ततरवितर भएका गोरु समेत दिउसो जम्मा गरेर राखेको उनिहरुले बताए । ‘दिउँसो तस्करहरु आए । हाम्रो प्रहरीसँग सेटिङग मिलीसक्यो अब ढुक्क हुनुस्,’ स्रोतले भन्यो–  सबै ठाउँका गोरु जम्मा गरेर लैजान्छौ ।,’

तस्करहरुको ठूलै संजाल हुने भएकाले प्रहरीलाई खबर गरेकै भरमा केहि हुनेहोकि भन्ने डरले स्थानीयबासी त्रासमा छन् । 

गोरु तस्कर पश्चिम दाङमा केन्द्रित 

गोरु तस्करले पश्चिम दाङका विभिन्न स्थाबाट गोरु खरिद गरेर रातको समयमा ट्रकमा लोड गरी लैजाने गरेका छन् । उनिहरुले अश्वारा, भट्टे, खैरीपुर, बालापुर, भमके लगाएतका विभिन्न स्थनबाट प्रतिगोटा ६ हजार देखि  १८ हजार रुपैयाँ सम्म खरिद गर्ने गरेको स्रोतले बतायो । खरिद गर्दा जोत्न र बयलगाडाका लागि भने पनि उनिहरुे हिड्ने भन्दा पनि मोटो गोरुलाई बढि ध्यान दिने गरेको स्थानीयबासीले बताएका छन् । उनिहरुलो  भैसी दिएर गोरु पनि लग्ने गरेका छ । भैसीको तोकेको मुल्य दिन नसकेपछि गोरुलाई थप मुल्य कटाएर लग्ने गरेका हुन् । 

पछिल्लो समय दाङका विभिन्न स्थानबाट खरिद गरिएका गोरु, तस्करले  मासुका लागि बंगलादेश पु¥याउने गरेको स्वयम प्रहरीले बताउने गरेको छ । तस्करले गोरुलाई नाक, पुच्छरमा बाँधेर निर्दयी तथा क्रुर तवरले ट्रकमा लोड गरेर सप्लाई गर्ने गरेका छन् । करिब एक महिना अघि दाङको राजपुर गाउँपालिकामा गोरु तस्करका  ७ वटा मोटरसाईलमा स्थानीयबासीले आगजनी गरेर क्षेति पु-याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?