भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु १ घाइते

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सल्लाघारीमा गएराति बा ९४ प ७१७४ नं.को मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

मंगलवार राति सृजनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर जनाएको छ । 

दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक २९ वर्षीय सहीद तामाङको उपचारका क्रममा ईवामुरा अस्पताल सल्लाघारी मृत्यु भएको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

मोटरसाइकलमा पछाडि सवार शेरबहादुर तामाङ घाइते भएका छन् । उनको अहिले ईवामुरा अस्पताल सल्लाघारीमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?