छाउगोठमा आगलागी : एकै घरका तीनको मृत्यु

काठमाडौं । बाजुराको बुढिनन्दास्थित एक छाउगोठमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । 

नगरपालिका वडा नं. ९ भुगेचौडमा रहेको छाउगोठमा आगलागी हुँदा एकै घरका तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा ३५ बर्षीय अम्बा बोहोरा उनकोे ९ वर्षीय छोरा सुरेस र ७ वर्षीय छोरा रमित बोहोराको छन् । 

आगलागी के कति कारणले भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?