कस्तो रहला आजको मौसम?

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित मध्य पूर्वका क्षेत्रमा मौसम बदली भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौसहित पूर्वको मौसममा बदली भएको हो । 

दिउँसो पूर्वका पहाडी क्षेत्रका साथै मध्य क्षेत्रका केही पहाडी भूभागमा पनि बदली हुने मौसमविद सुजन सुवेदीले बताए । पूर्वको पहाडी क्षेत्रका केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना रहेको उनको भनाई छ । 

तराईका क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसो घाम लाग्ने छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा मंगलबार रातिदेखि लागेको बादल दिउँसो पछि खुल्ने सम्भावना छ । बिहान न्यूनतम तापक्रम ४.५ डिग्री रहेको काठमाडौँमा दिउँसो बढेर १९ देखि २१ डिग्री पुग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?