काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी तथा सांसदहरूले स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलव आफैंले बुझेको आरोप लागेपछि धमाधम व्यक्तिगत खाता बुझाउन थालिएको छ । पदाधिकारी तथा सांसद्हरूले आफ्ना स्वकीयको विवरण तथा बैङ्क खाताको जानकारी सुविधा शाखामा बुझाइरहेका छन् ।
शाखाले चालु महिनाको तलव रकम नै पदाधिकारी तथा सांसदहरूको व्यक्तिगत खातामा जम्मा गर्ने गरी खाता विवरण माग गरेको हो । सङ्घीय संसद् सचिवालयका सचिव डा भरतराज गौतमले पदाधिकारी तथा सांसद्हरूसँग स्वकीयको बैङ्क विवरण माग गरिएको बताए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया