म्याग्दी वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत विरुद्ध आरोप-पत्र दायर

काठमाडौं । डिभिजन वन कार्यालय म्याग्दी अन्तर्गतको सवडिभिजन वन कार्यालय मंगलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुर विरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

वन कार्यालयमा पर्न आएको काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस लिँदै आएको  पुष्टि भएको छ । 

दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत  ठाकुरलाई तेत्तीस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको जानकारी दिएको हो । 
 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं

मिति: २०७५/०९/२४ गते
प्रेस विज्ञप्ति
श्री प्रधान सम्पादकज्यू / सम्पादकज्यू,

विषय : आरोप-पत्र दायर गरिएको ।
———————————–

डिभिजन वन कार्यालय म्याग्दी अन्तर्गतको सवडिभिजन वन कार्यालय मंगलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरले वन कार्यालयमा पर्न आएको काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत राजकुमार ठाकुरलाई रू.३३,०००।–(तेत्तीस हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रू.३३,०००।–(तेत्तीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

(रामेश्‍वर दंगाल)
सहसचिव एवं प्रवक्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?