सेवाग्राहीलाई दुःख दिएको आरोपमा वैदेशिक रोजगार विभागबाट ७ विचौलिया पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागबाट ७ जना विचौलिया पक्राउ परेका छन् ।

मंगलबार दिउँसो काठमाडौं सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरी परिसरका अनुसार भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङ पक्राउ परेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान शुरु गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?