मंसिर महिनामा ६ सय ५६ दुर्घटना !

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाकाको वार्षिक दुर्घटना विवरणका  अनुसार २०७४/७५ सालमा ६ हजार ३ सय ८१ दुर्घटना भएको छ ।

सवारी दुर्घटनामा परि एक सय ९४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दुई सय १९ जना गम्भीर घाईते भएका थिए । त्यसैगरि चार हजार तीन सय ३३ वटा सामान्य दुर्घटना भएको दुर्घटना विवरणमा उल्लेख गरिएको छ । आर्थिक वर्ष ७३/७४ मा पाँच हजार पाँच सय ३० सवारी दुर्घटना भएको थियो । उक्त दुर्घटनाबाट १४ जनाको मृत्यु भएको थियो ।  

त्यस्तै २०७५ साल मंसिर महिनामा मात्र ६ सय ५६ सडक दुर्घटना भएको छ । जसमा २३ जनाको मृत्यु भएको छ भने २६ जना गम्भीर घाईते भएका थिए । या ४ सय १३ जना भने सामान्य घाईते भएका थिए । 

दुर्घटना विवरणमा उल्लेख भएअनुसार यो वर्ष भाद्र महिनामा सबै भन्दा धेरै सडक दुर्घटना भएको थियो । भाद्र महिनामा ८ सय ९५ वटा सवारी दुर्घटना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?