सञ्चार उपकरणमा खराबी आएपछि त्रिभुवन विमानस्थलको उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोगमा ल्याएको रेडियो फ्रिक्वेन्सीमा समस्या आउँदा काठमाडौंबाट बाहिर जाने उडानहरु प्रभावित भएका छन् ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बिहान ९ः३० बजेदेखि रेडियो फ्रिक्वेन्समिा केही समस्या आएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जानुपर्ने विमान उड्न सकेको छैन ।

क्षेत्रीका अनुसार फ्रिक्वेन्सीमा समस्या आएको कारण एप्रोज र एरियामा समस्या भएको थियो । 

यद्यपी एप्रोचको समस्या भने अहिले समाधान भइसकेको छ । अब एरियाको समस्या समाधान भएपछि उडान नियमित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?