नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकबाट उदयपुर सिमेन्टका महाप्रबन्धक पौडेललाई  कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यद्यपी उनले सोमबार मात्रै उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए । आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँचमध्ये तीन जनाको नाम छनोट गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाएको थियो ।  

मन्त्रालयले शिफारिस गरेका तीनजना मध्ये सरकारले पौडेललाई निगम हाँक्ने जिम्मेवारी दिएको हो । मन्त्रालयले शुक्रबार पौडेल, अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारको मुद्दामा पदमुक्त भएपछि निगम नेतृत्वविहीन थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?