काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम दिनभर नै सफा रहने भएको हो ।
मौसमविद सुवास रिमालले भने, ‘पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम भएकाले सोमबारजस्तो बादल लाग्ने वा पानी पर्ने सम्भावना छैन ।’
काठमाडौँ उपत्यकाको मौसम दिनभर सामान्यतया सफा रहने देखिएको छ । आज बिहान २.२ डिग्रीको आसपासमा न्यूनतम तापक्रम रहेकोमा दिउँसोको तापक्रम १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया