पोखरा– हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।
मुस्ताङमा आइतबार रातिदेखि हिमपात सुरु भएको थियो। सोमबार दिउँसो पनि बेलाबेला हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० का जोमसोम स्थित संरक्षण अधिकृत तुलसी दाहालले बताए। उनका अनुसार दिउँसोको तापक्रम पनि माइनस १ डिग्रीमा झरेको छ। सदरमुकाम जोमसोम आसपासका डाँडा र खोंच हिमपातले सेताम्य बनेका छन्।
‘तालको पानीसमेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसपासमा समेत हिमपात भएको सिजनको यो पहिलोपटक हो। ‘पहिलोपटकको हिमपातले यहाँ किसान त खुसी भएका छन्। चिसो बढेर बसाइ असहज बनेको छ,’ उनले भने, ‘पानी जमेपछि दैनिकी अप्ठेरो हुन्छ।’ नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया