युएईका विभिन्न जेलमा दुई सय नेपाली रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास आबुधावीले युएईका विभिन्न प्रान्तहरुमा रहेका केन्द्रीय जेलहरुको भ्रमणपश्चात तयार पारेको तथ्यांक आइतबार सार्वजनिक गरेको हो ।
दूतावासका अनुसार दुबई, शारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्वीन, फजेराह र अलएनस्थित ८ वटा जेलमा भ्रमण गरी प्रतिवेदन तयार पारेको हो ।
प्रतिवेदनमा १८८ पुरुष र १२ महिला युएईको जेलमा रहेको उल्लेख छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया