काठमाडौं– विवादमा तानिएपछि सरकारले अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करी आरोपमा मुछिएकी शेर्पालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो । पछि छानबिन समिति नै बनाएर मन्त्रालयले उनीबारे छानबिन गरेको थियो । समितिले उनलाई राजदूतमा निरन्तरता दिन नसकिने ठहरसहितको प्रतिवेदन बुझाएपछि उनी बर्खास्तीमा परेकी हुन् ।
शेर्पामाथि उनकै पूर्वसहयोगी तथा सवारी चालक वाङ्छु शेर्पाले श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । उनी तत्कालीन माओवादीको कोटामा राजदूत बनेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया