भक्तपुरं– बैंकको एटीएम मेसिन फुटालेर पैसा चोरी गर्न खोजेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गत पुस १८ गते साती पौने ९ बजे भक्तपुर सुर्यबिनायक नपा ७ मा रहेको सानिमा बैकंको एटीएम मेसिन फुटाएर चोरी गर्न खोजेको अभियोगमा प्रहरीले काभ्रे तेमाल–२ सर्स्युखर्कका रमेश पाण्डे र भत्त,पुर सूर्यबिनायकका दिनेश सुकुभुटु पक्राउ गरेका हुन् ।
बैकंले दिएको निबेदनको आधारमा सोमबार महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सुर्यबिनायकबाट नियन्त्रणमा लिएको जनाइएको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया