सुन र नगदसहित एक पक्राउ

काठमाडौं । प्रहरीले सुन र नगद चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । 

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर खोजतलास गर्दा सुन र नगदसहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिए । “अधिकारीको शरीर खानतलास गर्दा आफूले सुन र नगद चोरी गरेर ल्याएको स्वीकारेका छन्”, उनले भने । 

पक्राउ अधिकारीसँग प्रहरीले रु २३ हजार ६५० नगद, पोतेसहित तिलहरी एक थान, मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान, मोबाइल एक थान, रातो हाते ब्याग एक थान, सुनको बिल एक थान बरामद गरेको छ । प्रहरीले अधिकारीलाई चोरी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोे वृत्तले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?