डडेल्धुरा । डडेलधुरा सदरमुकाम बागबजारमा फेरि भिषण आगलागी भएको छ ।
आइतबारराति १२ः३० बजेको समयमा अमरगढी नगरपालिका-५ बागबजारको बगरकोट रोडमा आगलागी हुदाँ ९ पसल जलेर नष्ट भएका हुन् ।
करिब दुई घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आइतबार रातिसहित डडेल्धुरामा लगतार चार पटक आगलागी भएको छ। आगो लगाएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका व्यक्तिको नाम ठेगाना खुलाइएको छैन । पक्राउ परेका व्यक्तिले आगो लगाएको प्रहरीसँग स्वीकार गरेको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।
गत साता मात्र डडेल्धुरामा लगातार तीन पटक आगलागी भएको थियो । ती घटनामा करिब ८७ लाख बराबरको क्षतिको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया