काठमाडौं । देशभर आज मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मौसम बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशभर नै बदलीको सम्भावना रहेकोले केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना रहेको मौसमविद शान्ति कडेँलले बताइन् ।
उनका अनुसार देशका केही उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना पनि रहेको छ ।
काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १५ देखि १७ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ ।
पूर्वानुमान महाशाखाको पूर्वानुमान अनुसार आज राति देशको पश्चिमी भू-भागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहने देखिन्छ ।
यस्तै मंगलबार दिउँसोको देशका पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । राति भने पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।
बुधबार दिउँसो देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया