ओलीको जिल्लामा सडक छैन, भ्यु टावर !

 दमक– पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ। त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए। खेतका बीचमा शिलान्यास गरिएको स्तम्भको माथिल्लो भाग हराइसकेको छ। त्यहाँसम्म पुग्ने मूल सडकको कालोपत्रे योजना योजनामै सीमित छ। ‘सडकै नबनिरहेको अवस्थामा भ्यु टावर बन्ला’, स्थानीयको प्रश्न छ।

स्थानीय केशव दाहालका अनुसार त्यहाँ पुग्ने सडक बनाउन थालिएको लामो समय भए पनि काम सकिएको छैन। ‘विकासका लागि राजनीतिक नेतृत्वले इच्छाशक्ति देखाउनु स्वाभाविकै हो,’ उनले भने, ‘तर ठूला योजना आउने ठाउँमा सडक बन्नै यत्रो समय लाग्नुचाहिँ अनौठो हो।’ समयमै सडक बनाउन भन्दै स्थानीयले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन। नागरिक दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?