रुपन्देही – प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख, विभिन्न विषयगत समितिका सभापति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो।
अहिले उनीहरू नयाँ र चिल्ला महँगा गाडीमा हुइँकिरहेका छन्। अरूबेला विभिन्न मुद्दामा विरोधको स्वर उराल्ने गरे पनि सेवासुविधा लिने सबालमा भने प्रतिपक्ष पनि सत्तापक्षसँगै उभिएको छ।
गाडी खरिदमा प्रदेशसभाले सात करोड ९१ लख ४४ हजार रुपैयाँ खर्च गरेको छ। १३ मध्ये ११ वटा गाडी टाटा कम्पनीको सफारी स्ट्रोम भिएक्स छन्। बाँकी दुईटामध्ये एउटा निसान टेरानो र अर्को महेन्द्रा स्कार्पियो छन्। भदौ २६ गते प्रदेससभा सचिवालयले विभिन्न प्रकृतिका १४ वटा गाडी किन्न बोलपत्र आह्वान गरेको थियो।
बोलपत्रअनुसार १४ वटा गाडी किनिए पनि सभामुख पूर्ण घर्तीले मन नपराएपछि एउटा फिर्ता गरिएको स्रोतले बतायो। किनिएका ती गाडी उपसभामुख, विषयगत छ वटा समितिका सभापति, सत्तापक्ष र प्रतिपक्षका सचेतक तथा सचिवले प्रयोग गरेका छन्। आजको नागरिक दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया