चार अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चार अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत २८ दिने अवधिका लागि तीन अर्ब २५ करोड र ९१ दिने अवधिको एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि  छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?