काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ ।
आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको संसमाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ ।
ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिन देखि ठप्प भइ अलपत्र अवस्थामा पुगेको छ । मेलम्ची सुरुङ ढलान १ किलोमिटर बाँकी छ । सरकार र ठेकेदारबीच लामो समयदेखि क्षतिपुर्ती विवाद चल्दै आएको छ ।
ठेकेदार कम्पनी सीएमसीले भुकम्प, काबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठूलो रकम क्षतिपूर्ति माग्दै आएको छ ।आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया