रवि छामिछानेको स्टाटस– मैले बारम्बार श्रीमतीका प्रेमीहरु गनेर बस्न चाहिन

काठमाडौं । पूर्वपत्नी ईशासँगको सम्बन्धविच्छेदपछि धेरैको चासो बनेका रवि लामिछानेले केही दिनअघि लेखेको एउटा स्टाटसले सामाजिक सञ्जालमा हंगामा मच्चाइदियो । सम्बन्धविच्छेदपछि पुनः बिहे गर्न लागेको समाचारपछि उनको पक्ष र विपक्षमा विभिन्न बहस हुन थाले । आफूले गरेको गल्तीलाई आफैले सामाजिक सञ्जाल फेसबूकमा लेखेर रविले २५ वर्ष लामो आफ्नो वैवाहिक जीवन टुङ्ग्याएको तर कसैले आफूमाथि षडयन्त्र गर्न खोजेको बताएका थिए ।

आज (आइतवार) पत्रकार लामिछानेले अर्को एक स्टाटसमा दुई तस्वीर समेत सार्वजनिक गर्दै आफू पीडित भएको आशय व्यक्त गरेका छन् ।

आफ्नी पत्नीका प्रेमीहरु गनेर बस्न चाहिन भन्दै उनले दुईवटा तस्वीर सार्वजनिक गरेका छन् । ती दुई तस्वीरमा पूर्वपत्नी ईशा अर्को युवकसँग भएको देखिन्छ । उनले स्टाटसमा लेखेका छन् – इज्जत लिलाम गर्ने मनशाय नहुँदा नहुँदै पनि अप्रिय र अपाच्य सामग्रीहरु सार्वजनिक गर्न बाध्य भएँ । हिलो छ्यापाछ्याप गर्ने मनशाय मेरो अझै पनि थिएन । मैले पनि बारम्बार श्रीमतीका प्रेमीहरु गनेर बस्न चाहिन । सबै कुरा पुरना हुन् । यो तस्वीर पनि पुरानै हो ।

रिन्यु गर्ने मन छैन तर आफैलाई घृणा गर्नुपर्ने उनको कथाजस्तो मेरो अतीत कदापी थिएन, छैन र हुँदैन पनि । सानो उदाहरण नराखे मलाई थोरै भएपनि विश्वास गर्नेहरुको शिर झुक्छ । बाँकी हेर्न चाहनेहरुले मलाई व्यक्तिगत रुपमा भेट्नुहोला । उनको कथा उनले भनेजस्तै मात्र भए दुई झापड हानेर फोटो पनि खिच्नुहोला । म आज स्तरहीन मान्छे हुन बाध्य भएँ । योभन्दा तल अब म जान चाहन्न ।

रविकी पूर्वपत्नीले आफूलाई रविले अर्की श्रीमती बिहे गर्नका लागि धोका दिएको आरोप लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?