काठमाडौं–सरकारले बैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ ।
लागूऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् ।
गृहमन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसा बिना नै नेपाल बसेको ३४ विदेशीलाई निकालिएको छ । उनीहरुलाई कम्तीमा १ देखि ३ वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया