काठमाडौं–काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरमा रहेको मिनी क्यासिनो’मा प्रहरीले छापा मारी २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ ।
ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो ।
छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ । पक्राउ परेका २१ पुरुषको अनुसन्धानपछि कानूनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया