फर्निचर पसलमा आगलागी, ४० लाखको क्षति

काठमाडौँ–ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचर पसलमा आज आगलागी भएको छ ।

भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको सानेपा प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट पसलमा भएका सबै फर्निचर जलेका छन् । विद्युत् सर्ट भई आगलागी हुँदा करीब रु ४० लाखको नोक्सान भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?