लागुऔषधसहित १ जना नियन्त्रणमा

काठमाडौं । प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले शुक्रवार बेलुका १८ः१५ बजे काठमाडौं महानगरपालीका ३१ शान्तिनगरबाट भक्तपुर घर भई काठमांडौ शान्तिनगर ठूलो खरिबोट बस्ने २९ वर्षीय संन्दिप शर्मालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट नाईट्रोभेट थान २२५ ट्याब्लेट लागुऔषधसहित पक्राउ गरेको छ ।  

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?