काठमाडौं । देशका पश्चिमी क्षेत्रमा आज आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पश्चिमी क्षेत्रको मौसम बदली हुने भएको हो ।
स्थानीय वायुको प्रभाव तथा भौगोलिक अवस्थितिको प्रभावका कारण पश्चिमको मौसम आंशिकदेखि पूर्ण बदलीको सम्भावना छ । मध्य तथा पूर्वी क्षेत्रका पहाडी भेगमा पनि आंशिक बदली हुने सम्भावना रहेको मौसमविद मिनकुमार अर्याल बताए ।
तराईका क्षेत्रमा हल्का पानी पर्ने सम्भावना छ । तर मध्य तथा पूर्वका क्षेत्रमा पानी पर्ने सम्भावना देखिएको छैन । पश्चिमका उच्च पहाडी भेगमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया