ससुरालीमै पुगेर श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

चितवन । पोखराका एक व्यक्तिले माइत बस्दै आएकी श्रीमतीमाथि ससुरालीमै पुगेर एसिड प्रहार गरेका छन् ।

चितवन भरतपुर महानगरपालिका २४ जगतपुर ध्रुवस्थित माइतीघर बस्दै आएकी अस्मी भन्ने २० वर्षीया डोल्पा रुम्बालाई  उनका श्रीमान वीरेन गुरुङले एसिड आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीले वीरेनलाई पक्राउ गरेको छ भने डोल्पाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?