पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजैदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

यसअघि प्रतिलिटर १ सय १० पर्नेमा नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिछर १ सय ८ रुपैयाँ कायम भएको छ । मट्टितेलमा प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ भने डिजेलको नयाँ मूल्य ९५ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार अन्य पदार्थको मूल्यमा भने घटबढ भएको छैन । अन्तर्राष्ट्रिय बजारमा प्रेट्रोलको मूल्य घटेसँगै नेपालमा पनि मूल्य घटेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?