काठमाडौं – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले त्रिवि पुस्तकालयबाट लिएको पुस्तक र सो बापतको जरिवाना बुझाएका छन् ।
लोहनीले ०३३ सालमा पुस्तक लिएपछि विविध कारणले फिर्ता गर्न भुलेका थिए । तर सञ्चारमाध्यममा उनले पुस्तक फिर्ता नगरेको सार्वजनिक भएपछि लोहनी यसबारे चासो दिँदै पुस्तक जरिवाना बुझाउन वित्रि पुस्तकालय पुगेका हुन् ।
डा लोहनीले बुधबार पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारी र पुस्तकालय सहायक सविता केसीलाई भेटी सबै रकम फिर्ता गरेका हुन् ।
“०३३ साल देखि २०४० सालभित्र म दुई पटक घर सरेँ र त्यस क्रममा किताब हराएको र मेरो ध्यान नपुगेको हुन सक्छ । जे होस किताब र जरिवाना वापत भएको सबै रकम मैले आज १८ गते आफैँ केन्द्रीय पुस्तकालय मा गई बुझाएँ” उनले भने ।
कसैले किताब नबुझाएको देखिएमा सिधा मिडियामा जानुभन्दा सम्बन्धित व्यक्तिलाइ इमेल वा फोनबाट खबर गरेर सुझाए राम्रो हुने उनले सुझाव दिए ।
यद्यपी लोहनीले जुनसुकै कारणले भए पनि नबुझाउनु वा बिर्सनुलाई आफुले गल्ती गरेको स्वीकार गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया