काठमाडौँ–ट्याक्सीको भाडा दस प्रतिशतले बढेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हालको भाडामा १० प्रतिशतले वृद्धि गरी भाडा समायोजनको काम गरिरहेको छ । मिटर ट्याक्सीमध्ये झण्डै २५ सय ट्याक्सीमा भाडा समायोजन गरिसकिएको छ ।
यातायात व्यवस्था विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा भाडा वृद्धि गरेपछि ट्याक्सीमा पनि दस प्रतिशत भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन गर्दै नापतौल विभागले भाडा समायोजनको काम गरेको हो । सो अवसरमा ट्याक्सीका मिटर र प्रिन्टर मेसिनको जाँच गरी नयाँ मूल्य समायोजन गरिएको छ ।
दैनिक ८० देखि १०० वटा ट्याक्सीको भाडा समायोजन गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताउनुभयो । पहिला एक किलोमिटरमा ३९ रुपियाँ लिइएको थियो भने अब ४३ रुपियाँ हुनेछ तर तोकिएको भाडादरमा ट्याक्सी सञ्चालन नभइरहेको सरकारी निकायहरूकै गुनासो छ । गोरखापत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया