काठमाडौँ– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण आजबाट अवकास लिनुभएको छ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उनले गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए ।
आज प्रेस विज्ञप्ति जारी गरी उनले कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
न्यायलयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उनले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् भन्नी शुभकामना पनि व्यक्त गरे ।
उमेरहदका कारण उनको अवकास भएपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्को सिफारिसमा आज संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया