माघेसक्रान्तिमा २ दिन सार्वजनिक बिदा

बुटवल –प्रदेश नं. ५ ले माघेसक्रान्तिको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
थारुको बाहुत्यता भएको  प्रदेश भन्दै माघ १ र दुई गते प्रदेश सरकारले प्रदेशभरी बिदा दिने निर्णय गरेको हो ।

  आज बसेको मन्त्रीपरिषद्को बैठकले ७ वटा विधेयक संसद सचिबालयमा दर्ताका लागि स्वीकृत पनि  दिएको छ ।
बैठकले प्रदेश नंं ५ प्रदेश तथ्याङक सम्बन्धमा व्यवस्था गर्न बेको विधेयक, प्रदेश नं. ५ पर्यटन सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी कानुन व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ भवन निर्माण कार्यलाई व्यवस्थत गर्न बनेको विधेयक मन्त्रीपरिषद्को निर्णयबाट स्वीकृत भएको छ ।

त्यसैगरी  प्रदेश नंं ५ स्वास्थ्य संस्था स्थापना सञ्चालन, नविकरण तथा स्तोरउन्नती गर्न बनेको विधेयक, प्रदेश नंं ५ बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि स्वीकृत भएको छ । त्
यसैगरी भौतिक पुर्वधार विकास मन्त्रालयले बैठकमा पेश गरेको माडी–लुङग्री सिचाई आयोजनाका लागि आवश्यक अस्थायी दरबन्दी स्वीकृत प्रस्ताव समेत बैठकले स्वीकृत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?