अनमोदित चोलेन्द्रले भोलि सपथ लिने

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत् अनुमोदन भएका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको शपथग्रहण बुधवार हुने भएको छ । आज (मंगलवार) बिहान संसदीय सुनुवाइ समितिमा जवाफ दिएका थिए ।

भोलि बिहान १०ः१५ मा उनको शपथ हुँदैछ । २८ औँ प्रधानन्यायाधीशमा अनुमोदन भएका चोलेन्द्रले यसअघि बसेको सुनुवाइ समितिमा आफ्ना कार्ययोजना पेश गरेका थिए । आज बसेको सुनुवाइ समितिको बैठकमा विभिन्न प्रश्न सोधिएको थियो ।

उनले ती सबै प्रश्नको गतिलो जवाफ दिएका थिए ।

यसअघि करीब चार महिना प्रधान्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चको नेतृत्व सम्हालेका थिए । उमेर हदका कारण अवकाश पाएका मिश्रले इमान्दारीपूर्वक न्यायको उद्देश्यमा केन्द्रित रही काम गरेको दाबी गरेका छन् । मिश्रले अवकाश पाएसँगै चोलेन्द्रलाई प्रधानन्यायाधीशका लागि प्रस्ताव गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?