शिक्षा ऐन विपरित आफूहरुको सरुवा भएको भन्दै बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालिकाका शिक्षक आक्रोशित भएका छन् ।
खप्तड छान्नाका बिभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुले आफूहरुको सरुवा शिक्षा ऐन विपरित भएको भन्दै आक्रोश व्यक्त गरे ।
खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले कुनै समन्वय नै नगरी आफुखुसी अपायक पर्ने स्थानमा आफूहरुको सरुवा गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन ।
गाउँपालिकाले विभिन्न विद्यालयका स्थायी ११ र बालशिक्षा २७ गरी ३८ जना शिक्षकहरु सरुवा गरेको थियो ।
शिक्षकहरुले ऐन विपरीत भएको सरुवाको विरोध गर्दै सरुवा बदरको माग गरेका छन ।
उनीहरुले यो निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । चार पाँच महिना सम्म विभिन्न पक्षहरुसँग छलफल गरी शिक्षकहरु सरुवा गरेको र आफुले सरुवामा कुनै राजनितिक रंग नदिएको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया