काठमाडौं – राष्ट्रिय सभाकी सांसद कोमल वलीले सन् २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् ।
गुरु मञ्जरी ग्रुपद्वारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाटन गर्दै वलीले सन् २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी हुन् ।
उनले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो ? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’
सांसद वलीले हिन्दु धर्म वैज्ञानिक रहेको बताएकी छिन् । उनले भनिन्,‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दापनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ,।
आज टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाईराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताईन् ।
कार्यक्रमका सभापति तथा माइस्वयम्बर डटकमका नेपाल संयोजक मुकुन्द शर्माले नेपाली संस्कृति र पहिचान विश्वकै उत्कृष्ट तथा वैज्ञानिक भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया