न्यू इयर : आफैँसँग कसम खाने दिन !

आजदेखि नयाँ साल लागेको छ ।

सन् २०१९ अर्थात् आज जानवरी र्फस्ट ।

नेपालमा पछिल्लो समय  अंग्रेजी नयाँ वर्ष निकै तामझामका साथ मनाइन्छ ।

नयाँ बर्षको बारेमा धेरै मानिसहरुको धारणा फरक फरक हुन्छ ।

बर्षको पहिलो दिन राम्रो सँग बित्यो भने पुरै साल राम्रो हुने विश्वास गरिन्छ ।

त्यसैले आज बिहानैदेखि मानिसहरु मठमन्दिर तिर्थस्थल गएर नयाँ वर्षको सुरुवात गर्छन् । जनवरी र्फस्ट भएकोले पुरै साल राम्रो बनाउन  के गर्ने त ?  लोकपथले केहि टिप्सहरु तयार पारेको छ । 
१.ध्यान गर्नुहोस्: 

हाम्रो अस्तव्यस्त जीवन र कामको बोझका कारण हिजोआज जागिरे मानिसहरु सधै तनावमा रहने गर्दछन् । यस्ता तनावहरु बाट बच्न तपाईले ध्यान गर्न जरुरी छ । हरेक दिन बिहान १० मिनेट र बेलुका १० मिनेट ध्यान गर्नुहोस् । यसले आयु बढ्ने, शरिर स्वस्थ हुने, मन एकिकृत हुने, कुनै कुरामा ध्यान स्थिर गराउन मद्दत गर्छ । 

२.जीवनको लक्ष्यहरु निर्धारण गर्नुहोस् :

हामी जीवनमा धेरै कुरा पाउन चाहन्छौँ ।राम्रा कुराहरु आफ्नो बशमा सिमित होस् भन्ने चाहन्छौँ । संघर्ष पनि गरिरहेका हुन्छौँ । तर सधै असफल । यसको कारण के हो भने तपाईले लक्ष्य निर्धाण गर्न सक्नुभएन । त्यसैले आफु भविष्यमा के बन्ने,  यो बर्ष भरि कति बैंक व्यालेन्स बनाउने, के के प्राप्ति गर्ने जस्ता कुराहरु आजबाट लागु गर्नुहोस् ।  

३.अवलोकन गर्ने बानीको विकाश गर्नुहोस् :

सामान्यतया मानिसहरु सजिलो र छिटो हुने काम गर्न रुचाउँछ । तर यसले मानिसमा सिक्ने जान्ने अवलोकन गर्ने बानीको विकाश हुदैँन ।त्यसैले कुनैपनि कुरा गहिरिएर बुझ्ने सामथ्र्य जुटाउनुहोस् । 

४.किताब पढ्नुहोस् :

ज्ञान कहिल्यै पुरानो हुँदैन । तपाईले आँटेका कामहरु सजिलो तरिकाले सम्पन्न गर्न  तपाईलाई किताबले पनि निकै सघाउँछ । तर हामीमध्ये धेरै मानिसमा पढ्ने बानी हुँदैन । यो काम आजबाट थालनी गर्नुहोस् । 

५.साथीहरु सँग घुम्न जानुहोस् :

 काम काम काम । सधै काम गरेर मात्रै हुँदैन । सामान्यतया दिनमा ८ घण्टा काम गरेपछि तपाईको मन मस्तिष्क थाकेको हुन्छ । कहिलेकाहिँ तपाईलाई मनोरञ्जन र फ्रेसनेस आवश्यक हुन्छ । त्यसैले हप्ता महिनामा मिलाएर घुम्न निस्कनुहोस् ।  यस्तो अवस्थामा साथीहरुलाई भेटेर रमाइलो गर्न सकिन्छ । यो एक महत्वपुर्ण बिषय पनि हो । 

६.सुमधुर सम्बन्धको सुरुवात / निरन्तरता :

सम्बन्ध सधै एकैनास हुँदैन । तर त्यसो भन्दैमा पारिवारीक सम्बन्धमा मिठास छैन भने तपाई खुसी रहन सक्नुहुन्न । त्यसैले नयाँ सालमा आफ्नो परिवार, साथीभाई, ईष्टमित्र, आफन्त, नातागोतासँग मित्रवत् हुने प्रयास गनुहोस् । 
 
ह्याप्पी न्यू एयर । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?