चिकित्सा शिक्षा विधेयक संसाद पेस हुँदै, यसरी हुँदैछ डा.केसीको माग सम्बोधन

काठमाडौं । संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरूले चिकित्सा शिक्षा विधेयक पेस गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् ।

डा. गोविन्द केसी र सरकारबीचको सम्झौतामा केही महत्त्वपूर्ण बुँदाहरू पनि थपिने समितिका सदस्यहरूको भनाई छ ।

उक्त विधेयक मंगलवार संसद्‌मा पेस गर्ने कार्यतालिका छ भने डा. केसीले सम्झौताअनुरूप विधेयक पारित नभए मंगलवारदेखि नै सत्याग्रह थाल्ने चेतावनी यस अघि नै दिइसकेका छन् ।

काठमाडौं उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने, सीपमूलक स्वास्थ्य शिक्षाको रूपमा रहेको सीटीईभीटीका कार्यक्रम बन्द गर्दै लैजाने विषयमा परेका संशोधन र सम्झौतामा नपरेका विषयहरू थपिएको समितिका सदस्यहरूले जानकारी दिएका छन् । 

डा केसीसँगको सम्झौता बमोजिम मात्रै विधेयकहुने हो भने काठमाडौं  बाहिर मेडिकल कलेज खोल्ने ढोका अबको १० वर्षको लागि बन्द हुने भएपछि त्यसको विकल्पमा आर्को निर्णय गरिने भएको छ । विधेयकलाई पूर्णता दिनुअघि डा. केसीसँग छलफल गर्न चाहे पनि उनी तयार नभएको स्वास्थ्य समितिका सदस्यहरूको भनाई छ । डा.केसीले भने गत श्रावण १० गते सरकारसँग भएको सम्झौता विपरित बुँदाहरूमा हेरफेर भए मंगलवारबाटै अनशन बस्ने पत्रकार सम्मेलन गरेर घोषण गरेका थिए । 

शिक्षा तथा स्वास्थ्य उपसमितिको मंगलवार बैठक बस्ने र त्यसलाई पूर्ण समितिमा प्रतिवेदन बुझाउने समितिका सदस्यहरूले बताएका छन्। चिकित्सा शिक्षा विधेयक लामो समय देखि चर्चाको विषय बन्दै आएको छ । 

चिकित्सा शिक्षा विधेयक पारित भए चिकित्सा शिक्षामा सबैको सर्वसुलभ पहुँचमा पुग्ने विश्वास गरिएको छ। चिकित्सा शिक्षा विधेयक पारित गराउँनको लागि डा. केसीको १५ औं पटम सम्म अनसन बसिसकेका छन् । तर बारम्बार सम्झौता भए पनि विधेयक पारित भएको छैन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?