सन् २०१९ लाई कहाँ कसरी गरियो स्वागत? तस्बिरमा हेर्नुहोस्

एजेन्सी । अंग्रेजी नयाँ वर्ष सन् २०१९ लाई भव्य रुपमा स्वागत गरिएको छ । स्वागतमा विश्वका विभिन्न देशका शहरमा भव्य आतसबाजी, प्रदर्शनी र कार्यक्रमहरु गरिएका थिए । 

१२ तस्बिरमा हेर्नुहोस् कहाँ कसरी गरियो स्वागत :-

जर्मनीको ओल्डनबर्ग शहरमा रहेको चर्चित किल्लामा आतिशबाजीका साथ नयाँ वर्षलाई स्वागत गरिँदै

नयाँ वर्षको स्वागतमा सजिएको अष्ट्रेलियाको सिड्नी हार्बर ब्रिजको एक दृश्य

नयाँ वर्षको स्वागतमा सिंगापुरको मरीना बिचमा आधा रातमा हजारौँ मानिस जम्मा भएका थिए । आतिशबाजीको यो तस्बिरको पछाडि मरीना बे सेन्ड्स होटल देख्न सकिन्छ । जुन होटल ५५ तलाको रहेको छ भने टपमा स्विमिङ पुल बनाइएको छ ।

मलेसियाको क्वालालुम्पुरको आकाश पनि नयाँ वर्ष २०१९को स्वागतमा रंगीन बनेको थियो । पेट्रोनास टावरको नजिक हजारौँ मानिस नयाँ वर्षको स्वागतमा उपस्थित भएका थिए ।

ताइवानको राजधानी ताइपेईमा रहेको गगनचुम्बी भवनलाई यसरी सजाइयो । 

१०१ तलाको यो भवनलाई सजाउन विभिन्न रंगको आतिशबाजी गरिएको थियो । 

नयाँ वर्षको स्वागतमा हङकङ पनि अछुतो रहेन, हङकङको आकाश पनि सन् २०१९ को स्वागतमा चम्कियो

हंगेरीको राजधानी बुडापेस्टभन्दा २०७ किलोमिटर पर रहेको हाएदुसाबुज्लो शहरमा बिगुल बजाएर नयाँ वर्षको स्वागत गरिँदै

चीनको बेइजिङमा नयाँ वर्षलाई स्वागतका लागि विभिन्न कार्यक्रमको आयोजना गरियो ।

नयाँ वर्ष सुरु हुनुभन्दा केही घण्टा अगाडि लिएको प्यालेस्टाइनको गाजा पट्टीमा रहेको खान यूनिस राहत शिविरको तस्बिर । विश्वमा भैरहेको परिवर्तनका बारेमा अन्जान रहेका यी बालबालिका आफ्नै तालमा खेलिरहेका छन् ।

 

फ्रान्समा नयाँ वर्षलाई स्वागत गरिएकै बेला एकजना व्यक्ति पेट्रोलियम पदार्थको मूल्यवसद्धिको विरोध गर्दै, उनले ‘हामीलाई शुभकामना चाहिँदैन’ लेखिएको पोस्टर लिएर उभिएका छन् । 

इन्डोनेसियाको जकार्तामा सलामत दातांगको अगाडिको आतिशबाजीको तस्बिर

साभार बीबीसी 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?