राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । 

नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ। 

राष्ट्रिय टोपी दिवसको अवसरमा राजधानी लगायतका ठाउँहरूमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

शताब्दीऔं देखि प्रयोग भैरहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले नेपाली टोपी दिवस मनाउन थालिएको हो । 

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?