एजेन्सी । रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्कको एक भवनामा बिस्फोट हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ ।
४८ तले भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको थियो । विष्फोटका कारण दुई वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् ।
उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा परि झण्डै ४० जना हराइरहेका छन्। उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको स्थानीय अधिकारीलाई जनाएका छन् । भवनमा १२० जनाको बसोबास थियो ।
अहिलेसम्म कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको सरकारी अधिकारले जानकारी दिएका छन् । उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै उद्धार गर्न सकिने आशमा उद्धारकार्यलाई जारी राखेका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिन घटनास्थल पुगेर निरिक्षण गरेका छन् । राष्ट्रपति पुटिनले प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने बताएका छन् ।
भवनमा सोमबार बिस्फोट भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया