काठमाडौँ — सरकारले नेपाली नयाँ वर्षदेखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।
संसद्को विकास तथा प्रविधि समितिमा सोमबार बोल्दै महासेठले तत्काल ऐन बनाएर यातायात प्राधिकरण स्थापना गरी त्यसमार्फत बिजुली बस सञ्चालन गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया