काभ्रे– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले बीपी कोइरालाको मेलमिलाप नीतिलाई कुनै निश्चित राजनीतिक दलको राजनीतिक दर्शनका रुपमा बुझ्न नहुने धारणा राखेका छन् ।
४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सोमबार काभ्रेमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले मेलमिलाप नीतिलाई व्यवहारिक जीवनमा पनि कसरी प्रयोग गर्न सकिन्छ भन्नेतर्फ सोचिनुपर्नेमा जोड दिए ।
बीपीले मेलमिलापको जुन आदर्श बोके त्यसलाई राजनीतिक चिन्तन भन्दा पनि त्यतिबेलाको आवश्यकताका रुपमा बुझनुपर्ने केसीको भनाई थियो । उनले बीपीको मेलमिलाप नीतिलाई व्यवहारिक दर्शनको संज्ञा समेत दिए ।
वाद, प्रतिवाद र संवादको प्रक्रिया नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै केसीले पार्टीभित्र पछिल्लो समय देखिएको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
उनले पार्टीमा विचार, नीति र सत्यलाई महत्व दिइनुपर्ने बताउँदै भने, ‘म आजका दिनदेखि व्यक्ति होइन विचारलाई साथ दिन्छु । कुनै चित्र होइन चरित्रलाई साथ दिन्छु । नेता होइन नीति हेरेर साथ दिन्छु ।’ सबै नेता कार्यकर्ताले यस्तै सोच्ने हो भने पार्टीको एक भएर अघि बढ्ने उनको भनाई थियो ।
यस्तै पार्टीभित्र कसैले स्वार्थका लागि गलत गर्छ भने त्यसविरुद्ध कार्यकर्ताले संघर्ष गर्न सक्नुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रमा कांग्रेस काभ्रेका सभापति मधु आचार्य, पूर्व सांसद तीर्थ लामा , पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया