राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेरणाको रुपमा लिई शिरोधार्य गरेको बताउनुभएको छ । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनैतिक सन्दर्भमा राष्ट्रिय मेलमिलापको महत्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अस्तित्व जोगिए मात्र प्रजातन्त्र जोगिन्छ भन्ने विपीको अवधारणा वर्तमान अवस्थामा अझ सान्दर्भिक भएको बताउँदै मुलुकको अस्तित्व बचाउनकै लागि राप्रपाले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र लाई मूल एजेण्डा बनाएर अघि बढेको स्पष्ट पार्नुभयो ।
तत्कालिन समयमा विपीले राजसंस्था र प्रजातन्त्र सँगसँगै अगाडि बढ्न नसके मुलुकमा कम्यूनिष्टहरुको वर्चस्व कायम हुने र राष्ट्रियता तथा प्रजातन्त्र दुवै धरापमा पर्ने उद्घोष गर्नुभएको प्रसंगको चरितार्थ हुँदै गएको देखिएकोले सबै सजक रहनुपर्ने समय आएको बताउँदै अध्यक्ष थापाले दुईतिहाई बहुमतको कम्यूनिष्ट सरकार क्रियाशिल भएपनि जनताले परिवर्तनको महसुस गर्न नसकेको तथा यही अवस्थाले निरन्तरता पाउँने हो भने मुलुक असफल राष्ट्र हुने र देश विखण्डनको धरापमा पर्न सक्ने आशंका पैदा भएको बताउनुभयो ।
लोकतन्त्रको आवरणमा लुटतन्त्रले प्रश्रय पाएको हुँदा राष्ट्रियता दिनानुदिन कमजोर हुँदे गएको विचार व्यक्त गर्दै अध्यक्ष थापाले चुनावमा विदेशीको पैसा लिएर निर्वाचित भएका जनप्रतिनिधहिरुले नेपाललाई सिक्कीम बनाउने भ¥याङको भूमिका निर्वाह नगर्लान् भन्न नसकिने बताउनुभयो । केही समय अघि मात्र तराइमा खुलेआम देश विखण्डनको नारा घन्किंदा पनि सरकार मुकदर्शक भएर बसेको उदाहरणले पनि थप शंका पैदा भएको भन्दै अध्यक्ष थापाले नेपालको अखण्डतालाई दिगो राख्न राजसंस्था सहितको प्रजातन्त्र, पूर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र सुदृढ स्वायत्त स्थानीय शासन प्रणली अवलम्बन गर्नेतर्फ बहस चलाउन ‘मेलमिलाप दिवस’को अवसरमा सबै राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो । अब पनि गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बारेमा सोच्न र बहस गर्न ढिला गरियो भने मुलुकले अपल्पनिय क्षति व्यहोनुपर्ने अवस्थालाई नकार्न नसकिने भन्दै उहाँले राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता जोगाउनकै लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि जनसंघर्षमार्फत दवाव सृजना गर्ने तयारी गरेको प्रष्ट पार्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका संस्थापक संयोजक एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले देशभित्रका ऐतिहासिक शक्ति, धार्मीक शक्ति, परम्परागत शक्ति र राजनीतिक शक्तिहरुको मेलमिलाप आजको आवश्यकता भैसकेको विचार व्यक्त गर्नुभयो । संस्कृति, परम्परा समेतलाई समेटेर अगाडि बढेमा मात्र मुलुकको स्थायीत्व कायम हुने भन्दै उहाँले राजादेखि रंकसम्म अटाउन सक्ने मेलमिलापको निम्ति जनता सडकमा उत्रनुपर्ने अवस्था आइसकेको ठोकुवा गर्नुभयो । विदेशीको स्वार्थका लागि तयार गरेर उनीहरुकै अनुकुलताको निमित्त संविभानसभालाई प्रयोग गरि लादिएको वर्तमान संविधान नफ्याकेसम्म मुलुकको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता जोगाउन नसकिने भन्दै उहाँले यसतर्फ सचेत रहन सबैमा आग्रह गर्नुभयो ।
अर्का वक्ता नेपाली कांग्रेस विपीका अध्यक्ष हरिबोल भट्टराइले अहिले देखिंदै गरेको राष्ट्रिय राजनीति र हुँदै गरेका घटनाक्रमलाई नियाल्दा मुलुक गम्भिर मोडतर्फ उन्मुख भएकोले वर्तमान समयमा राष्ट्रिय मेलमिलापको खाँचो टड्कारो रहेको बताउँदै देश रहे मात्र प्रजातन्त्र रहने भएकोले राष्ट्रवादी धारका ९५ प्रतिशतलाई बाहिर राखेर जबर्जस्ती थोपरिएका निर्णयहरुमाथि पुनर्विचार गर्नुपर्ने समय आइसकेको बताउनुभयो । ‘मिलीजुली बसौं र बाँडीचुँडी खाऔं’ को मेलमिलाप होइन राष्ट्रवादीहरुको मेलमिलापले मात्र देश जोगिने भन्दै उहाँले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सबै राष्ट्रवादीहरु एक हुनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय मेलमिलाप दिवस आयोजक समितिका अध्यक्ष एवं राप्रपाका सहायक महामन्त्री भक्ति प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न सो विचार गोष्ठिमा राप्रपाका केन्द्रीय सदस्य पुष्कर ढुंगेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
      राप्रपाले अंगिकार गरेका एजेण्डाको महत्व अझ बढेर गएको बताउनुभएको छ । विगतको चुनावमा एजेण्डाको कारण पार्टीको पराजय नभएको बताउँदै अध्यक्ष थापाले तत्कालिन अवस्थामा नेपाली कांग्रेससँगको सहकार्यमा कांग्रेसले इमानदारिता नदेखाएको, पार्टीले सबै ठाउँमा उम्मेदवारी नदिएको, पटक–पटक सरकारमा गएको जनतालाई चित्त नबुझेको, संगठन कमजोर भएको तथा पर्याप्त साधन र श्रोत नभएको लगायतका कारणले पार्टीले पराजय भोग्नुपरेको उल्लेख गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?