काठमाडौं । दश हजार घुस लिएको आरोपमा प्रहरीले जिल्ला अदालत काठमाडौंका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विदुर पोखरेललाई १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको हो ।
आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग १० हजार घुस मागेका थिए ।
आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतवार पक्राउ गरिएको थियो । आइतवार पक्राउ गरिए पनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया